नेकपा ओली पक्षको युवा संघको बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ- विवादका बीच नेकपा केपी शर्मा ओली पक्षको युवा संघका नवनियुक्त पदाधिकारी र सदस्यहरुले शपथ ग्रहण गर्दैछन्।

मंगलबार कार्की पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने युवा संघको बैठकमा उनीहरुले शपथ ग्रहण गर्ने कार्यक्रम छ।

बैठकले संघको आगमी कार्यदिशाबारे पनि छलफल गर्नेछ।

यसअघि माघ २४ गते सम्पन्न दुई दिने बैठकमा ओली पक्षले एकलौटी रुपमा संघका पदाधिकारी नियुक्त गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षले असन्तुष्ट जनाएको थियो।

यो बैठकका सबै निर्णयहरु खारेज नभएसम्म सम्बन्ध अघि नबढ्ने चेतावनी दिँदै पार्टीको माथिल्लो तहमा त्यसबारे रिपोर्ट गरिएको बादल पक्षका युवाहरुले बताएका थिए।

उक्त बैठकले प्रचण्ड नेपाल पक्षका युवा संघका संयोजक रामप्रसाद सापकोटा दिपशिखालाई हटाउने निर्णय समेत गरेको थियो।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्