सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषदको बैठक सुरु भएको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध फुकुवाको निर्णय गर्ने सम्भावना छ ।

वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो। मन्त्रिपरिषदले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको उच्च स्रोतले जानकारी दिएको हो।

त्यसका लागि मंगलबार बिहानै बालुवाटारमा सुरक्षा परिषदको बैठक बसेको थियो। राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रिपरिषदले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।

उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप सरकारको थियो। गएको शनिबार नेकपा महासचिव विप्लवले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए।

उनले वार्ताका लागि आफ्ना राजनीतिक गतिविधिमा राज्यले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने माग गरेका थिए।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्