रवि लामिछानेले ल्याए नयाँ टेलिभिजन च्यानल

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालन गर्ने घोषणा गरेका छन् ।

नक्सालको एक होटलमा मंगलबार विशेष कार्यक्रम गरेर लामिछानेले ‘ग्यालेक्सी फोर के’ नामको टेलिभिजन च्यालन सञ्चालनको घोषणा गरेका हुन् ।

‘सीधा कुरा जनतासँग’ कार्यक्रम न्यूज २४ टेलिभिजनबाट सञ्चालन गरेर चर्चामा आएका लामिछाने केही समय पहिले सो टेलिभिजनबाट बाहिरिएका थिए ।

लामिछानेले घोषणा गरेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा रामायण, को बन्छ करोडपछिसहितका कार्यक्रम प्रशारण हुने जानकारी दिइएको छ । यस्तै कलाकार दीपकराज गिरीले क्राइम पेट्रोल कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिइएको छ ।

आफ्नो टेलिजिनमा सा रे ग म प सहितका फ्रेन्चाइज कार्यक्रमहरु पनि आउने लामिछानेले बताएका छन् ।

यस्तै महावीर पुनले आविश्कार नामक कार्यक्रम र रमेश प्रसाईले सामाजिक विषयमा केन्द्रित अन्तर्वार्ता मुलक कार्यक्रम लाल मोहर सञ्चालन गर्ने लामिछानेले जानकारी दिएका छन् ।

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्