काठमाडौँ– आदिवासी जनजाति महासंघ लगायत विभिन्न संघ संस्थाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेका छन्।

मंगलबार राजधानीको रत्नपार्क शान्तिबाटिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै प्रदर्शन गरिएको हो।

आदिवासी जनजाति महासंघ, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपाल लगायतका संघ संगठनको आयोजनामा विरोध प्रदर्शन गरिएको हो।