९ तस्बिरमा ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आफ्नो ६९औं जन्मदिन मनाएका छन्।

सरकारी निवास वालुवाटारमा पारिवारिक माहोलमा प्रधानमन्त्री ओली आफ्नो ६९ औँ जन्मदिन मनाएका हुन। प्रधानमन्त्री ओलीलाई पिता मोहनप्रसाद ओली जन्मदिनको आशीर्वाद दिएका छन् भने आफन्तले पनि सगुन स्वरुप मिठाइ र शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँमा भएको थियो।

गत वर्ष प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्यसहित पार्टीको केही नेताहरुसँग केक काटेर जन्म दिन मनाएका थिए। र जन्म दिनलाई थप विशेष बनाउन पार्टीका केही नेतासहित हेलिकोप्टर लिएर उनी जन्मथलो तेह्रथुमको आठराई गाउँपालिका पुगेका थिए। ओलीको साथमा पत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, तत्कालीन खानेपानीमन्त्री विना मगर, सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायतका टोली पनि उनको गाउँ पुगेको थियो।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्