नेत्रविक्रम चन्द विलप्वको जन्मदिन आज

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विलप्वको जन्मदिन पनि आजै परेको छ।

विलप्वको जन्म रोल्पाको केवरीमा २०२४ साल फागुन ११ गते बाबु चित्रबहादुर चन्द र आमा खुसीमायाबाट भएको हो।

विपरीत धुव्रको राजनीति गरिरहेका दुई नेताको जन्म दिन फागुन ११ गते पर्नु एउटा संयोग बन्‍न पुगेको छ।

आजै सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको छ। त्यसका लागि बालुवाटारमा सुरक्षा परिषदको बैठक लगत्तै मंगलबार मन्त्रीपरिषदको बैठक बोलाइएको थियो।

राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रीपरिषदले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो। उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको सरकारको आरोप थियो।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्