एनसेलले ल्‍यायो थप सुविधासहित नयाँ संस्करणको एप

काठमाडौँ–एनसेल आजियाटा लिमिटेडले विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्‍चालनमा ल्याएको छ । उक्त एप पश्चात कम्पनीका ग्राहकले अब सजिलै एपबाटै विभिन्न ग्राहक सेवा तथा आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्नेछन्।

नयाँ संस्करण संचालनमा ल्याएकोमा कम्पनीले उक्त एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्नेछ। यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ।

उक्त एप प्रयोग गर्ने ग्राहकहरुले सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्नेछन् भने एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् ।

यस्तै यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ ।

एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।

एनसेल एपमा थप गरिएको सुविधाहरुले एप मार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहज बनाउन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । विशेष गरी ग्राहक जहाँ भएपनि छिटो छरितो ग्राहक सेवाको लागि यो एप निकै सहयोगी हुने विश्वास लिइएको छ ।

यस्तै एनसेलले गत महिनामात्र च्याटबोट सेवा ‘माया’ ल्याएको थियो । एनसेल एपमा यो च्याटबोट सेवा पनि समावेश रहेको छ ।

एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् ।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्