१३ दिनभित्र संसद बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीलाई निर्देशनात्मक आदेश

काठमाडौँ- सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको पहिलो बैठक गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई निर्देशनात्मक आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको संवैधानिक इजलासले संसद विघटनलाई बदर गर्दै संसद पुनर्स्थापनाको निर्णय गरेको हो।

सर्वोच्चले १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीलाई निर्देशनात्मक आदेश पनि दिएको छ।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्