रवि लामिछानेको नयाँ कार्यक्रम– ‘सिधा कुरा जनतासँग’ को सट्टा ‘कामका कुरा जनतासँग’

काठमाडौँ– सञ्चारकर्मी रवि लामिछानेले नेपालकै पहिलो फोर के टेलिभिजन च्यानल शुरु गरेका छन्। उनि यस च्यानलका प्रबन्ध निर्देशक हुन्।

लामिछाने न्यूज २४ च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत चर्चामा आएका थिए। आम नागरिक सामु लोकप्रिय बनेको यो कार्यक्रमबाट १ महिना अगाडि मात्रै उनी अलगिएका हुन् यो कार्यक्रम अहिले न्यूज २४ मा अर्कै प्रस्तोताले सञ्चालन गर्छिन्।

च्यानल सार्वजनिक कार्यक्रममा रविले ‘सिधा कुरा’ सँगको आफ्नो साइनो बताए। नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ बाट आफू बाहिरएको बताउँदै उनले जनताको मुद्दालाई समाधान गर्न आफूले सिधा कुरा जनतासँग कार्यक्रम शुरु गरेको लामिछानेले बताए।

अहिले लामिछानेले ‘सिधा कुरा जनतासँग’ बाट पनि टाढा भएका छन्। उनले च्यानल लञ्च कार्यक्रममा कार्यक्रमका नाम सिधा कुरा … मात्रै सार्वजनिक गरे र त्यसको पछाडि के हुन्छ त्यो पछि ल्याउने बताए।

अहिलेको लागि भने उनले ‘कामका कुरा’ नामको कार्यक्रम सञ्चालन गर्ने बताए। यो कार्यक्रम च्यानल प्रशारण अगावै ग्यालेक्सी फोर के को यु ट्युब च्यानलमा प्रशारण हुने जानकारी दिए। उनले यो कार्यक्रम अन्र्तगत कसैले नहार्ने बताए।

यस्तै उनले द लिडर नामको कार्यक्रम पनि सञ्चालन गर्ने छन्। यसको लागि केही समय कुर्नु पर्ने बताए। गोरखा मिडिया नेटवर्कको प्रस्तुतिमा अध्यक्ष जी वि राई उपाध्यक्ष छवीलाल बञ्जाडे सहित यो च्यानल केही समयपछि प्रशारण हुँदै छ।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्