प्रधानमन्त्री ओली नैतिकताको आधारमा तुरुन्त राजीनामा दिओस्-मुख्यमन्त्री राउत

जनकपुरधाम-प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नैतिकताको आधारमा प्रधानमन्त्रीलाई राजिनामा दिनुपर्ने बताएका छन्।

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई बदर गरेपछि मुख्यमन्त्री राउतले यस निर्णयलाई सहि भनेका छन्।

उनले सर्वोच्चको यस निर्णयलाई सही भनेका छन्।

संविधानको रक्षाको दायित्व सर्वोच्चको रहेकोमा सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन्।

साथै उनले अब प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा तुरन्त राजीनामा दिनुपर्ने आवश्यकता रहेको बताए।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्