५ लाख नगद ३ वटा मोटरसाइकलसहित १३ जना जुवाडे पक्राउ

पर्सा- रौतहटबाट प्रहरीले ५ लाख नगद मोटरसाईलक र मोबाईलसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ।

रौतहट दुर्गाभगवती गाउँपालिका ३ मत्सरी स्थित बागमती खोलामा बन्दै गरेको पुल नजिकै रहेको काँस घारीभिज्ञ कोडा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जुवा खेलिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गंगा पिपराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा नगद मोटरसाईकल र मोबाईलसहित पक्राउ गरेको हो।

जुवा खालबाट ५ लाख १६ हजार नगद १२ वटा मोबाईल र ३ वटा मोटरसाईकल बरामद गरिएको रौतहटका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए।

पक्राउ पर्नेमा ७ जना सर्लाही जिल्लाका र ६ जना रौतहट जिल्लाका रहेका छन्। पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्