पशुपतिमा स्थापना गरियो सुनको जलहरी, राष्ट्रपतिबाट भोलि विधि पूरा गरिने

काठमाडौँ- पशुपतिनाथ मन्दिरको शिवलिंगको तल्लो भागमा सुनको जलहरी स्थापना गरिएको छ।

९० करोड रुपैयाँ लागतमा १ सय ४ किलो सुन र चार किलो चाँदी तथा तामामिश्रित जलहरीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिएका थिए।

कर्नाटका र नेपालका पण्डितहरुबाट क्षमापूजाका साथ समग्र निर्माण प्रक्रिया पूरा भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बिहान १० बजे विशेष पूजाका साथ नयाँ जलहरी स्थापना विधिवत पूरा गर्ने पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएको छ।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्