फाइल तस्बिर।

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनाको फैसलाबाट अस्थीरताको खेल सुरु हुने दाबी गरेका छन्।

उनले संसद पुनर्स्थापनाको फैसलाले सुरु हुने अस्थीरताको खेलबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको औचित्य पलपल पुष्टि हुने दाबी पनि गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थीरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ। हिम्मत र धैर्यताका साथ अघि बढौँ।’

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार बदर गरेपछि मुख्यमन्त्री पोखरेलको प्रतिक्रिया आएको हो।

फाल्गुन ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्