दाहाल–नेपाल समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ।

सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि दाहाल–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।

अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको हो।

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्