पेरिसडाँडामा छलफलमा जुट्यो दाहाल–नेपाल समूह

फाइल तस्बिर।

काठमाडौँ – नेपाल कम्युष्टि पार्टी (नेकपा, दाहाल–नेपाल समूह) का नेताहरु पेरिसडाँडामा छलफलमा जुटेका छन् ।

बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आए लगत्तै दाहाल–नेपाल खेमाका नेता छलफलमा जुटेका हुन् ।

पेरिसडाँडामा जारी छलफलमा दाहाल–नेपाल समूहका सचिवायलस्तरका नेता सहभागी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते भएको संसद विघट असंवैधानिक ठहर गर्दै सर्वोच्चले सो घोषणा बदर गरेपछि अबको रणनीति तय गर्न दाहाल–नेपाल समूह छलफलमा जुटेका हुन् ।

दाहाल–नेपाल समूहले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने र त्यसले पार्टी एकता नयाँ सिराबाट सुरु हुने बताएको छ ।

सो समूहले दिउँसो ४ बजेका लागि संसदीय दलको बैठक पनि बोलाएको छ । उता बालुवाटारमा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक बोलाएका छन् ।

 

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्