बराहतालमा सिटिजन्स बैंककाे नयाँ शाखा

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सुर्खेत जिल्लाको बराहताल गाउँपालिका तरङ्गामा १०८ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो।

उत्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेक बहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाईएको छ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ।

बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्