प्रचण्ड र माधव नेपाल देउवा निवासमा

फाइल तस्बिर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा, दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् ।

देउवासँगको वार्ताका लागि दाहाल र नेपाल बुढानिलकण्ठ पुगेका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको संसद विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाबारे छलफल गर्न दाहाल–नेपाल देउवा निवास पुगेका हुन्।

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्