प्रचण्ड–माधव समूहले पनि बोलायो स्थायी कमिटि बैठक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले पनि स्थायी कमिटि बैठक बोलाएको छ।
बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटि बैठक बोलाइएको नेता बेदुराम भुषालले जानकारी दिए।
उनका अनुसार राजधानीमा उपलब्ध रहेका स्थायी कमिटि सदस्यहरुलाई बैठकमा बोलाइएको हो।
प्रचण्ड–माधव समूहले आजै साँझ ४ बजे संसदीय दलको बैठक पनि बोलाएको छ।
ओली समूहको स्थायी कमिटि बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
संसद विघटन बदर गर्ने सर्वाेच्चको फैसलापछि आगामी रणनीति तय गर्न नेकपाका दुवै समूह सक्रिय बनेका हुन्।