भारतको अहमदाबादमा विश्‍वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम, राष्ट्रपतिद्वारा उद्घाटन, मोदी गएनन्

अहमदावाद-विश्‍वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम भारतको अहमदाबादमा रहेको मोटेरा स्टेडियमको उद्घाटन गरिएको छ।

बुधबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ क्रिकेटको उद्घाटन गर्दै नरेन्द्र मोदी स्टेडियम नाम राखिएको हो भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्। यसअघि उक्त क्रिकेट स्टेडियमको नाम सरदार पटेल स्टेडियम रहेको थियो।

१ लाख ३२ हजार दर्शकको क्षमता भएको उक्त स्टेडियममा संसारकै सबैभन्दा ठूलो क्रिकेट ग्राउण्ड रहेको छ।

स्टेडियम में राष्ट्रपति रामनाथ कोविंद, उनकी पत्नी और गृह मंत्री अमित शाह।

तर उद्घाटन समारोहमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम उपस्थित थिएनन्। गृहमन्त्री अमित शाह भने त्‍यहाँ उपस्थित भएका थिए। उक्त स्टेडियम अमितकै निर्वाचनक्षेत्रमा रहेको ठाउँ हो। उद्घाटनपछि बोल्दै अहमदाबाद अब स्पोर्टस् सिटीको रुपमा विकास हुने बताएका छन्।

उनले भनेका छन्, ‘ मोदी जी जब गुजरातमा मुख्यमन्त्री थिए, तब एउटा ठूलो क्रिकेट स्टेडियम बनाउने उसको सपना थियो। ‘

मोटेरा स्टेडियमको करीब २५१ करोड रुपैयाँको लागतमा विश्‍वकै सबैभन्दा ठूलो स्पोर्ट्स कम्प्लेक्स बन्‍नेछ। यसको नाम पनि सरदार वल्लभ भाइ पटेल स्पोर्टस् कम्प्लेक्स हुनेछ।

६ महिनामा यो स्टेडियममा अन्तराष्ट्रिय खेल कार्यक्रम गर्न मिल्‍नेछ

गृहमन्त्री अमित शाहले भने, ‘ सरदार वल्लभ भाइ पटेलको नामबाट उक्त क्रिकेट स्टेडियम बन्‍नेछ जहाँ देशका खेलाडि तथा कोचहरुको लागि बस्‍ने व्‍यवस्था समेत हुन्छ। एकैसाथ ३ हजार मानिस ट्रनिङ समेत लिन सक्‍नेछन्।’

उनका अनुसार सरदार पटेल स्पोर्टस् कम्प्लेक्स २३० हजार एकड जमीनमा बन्‍नेछ। यसबाहेक १८ एकडको छुट्टै स्पोर्टस् क्लब बन्‍नेछ।

स्पोर्टस् कम्प्लेक्स, स्टेडियम, नारायणपुरा स्पोर्टस् कम्प्लेक्स मिलाएमा २३३ एकड जमिन हुनेछ। यसमा कुनै पनि अन्तराष्ट्रिय खेल प्रतियोगिता गर्नको लागि सक्षम हुनेछ जुन ६ महिनामै तयारी समेत हुँदैछ।

यसका साथै गृहमन्त्री शाहले सबै भवनहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार बन्‍ने र मोदीले बनाएको हेरिटेज सिटीलाई अब स्पोर्टस् सिटीको नामले चिन्‍ने उनको जिकिर छ। साथै ट्रयाक एण्ड फिल्ड तथा फुटबलको लागि ५० हजार दर्शकको क्षमतावाला स्टेडियम पनि बन्‍नेछन्।

आमतौर पर यही होता है कि बारिश रुकने के काफी देर तक भी मैच स्टार्ट नहीं होता, क्योंकि इसके बाद पूरे स्टेडियम को सुखाना पड़ता है। यह समस्या मोटेरा स्टेडियम में नहीं आएगी, क्योंकि यहां सब सॉइल ड्रेनेज सिस्टम ही इस तरह बनाया गया है कि इसे मात्र 30 मिनट में ही सुखा लिया जाएगा। यानी कि 8 सेमी तक बारिश होने पर भी मैच रद्द नहीं होगा।

यतिमात्र होइन १५ हजार मानिस बस्‍ने ध्‍यानचन्द स्टेडियम पनि बन्‍नेछन् जसको उद्घाटन पनि राष्ट्रपतिले नै गर्ने बताइएको छ। जसले देशको स्वतन्त्रताको लागि काम गरे, उसको नामबाट उक्त स्टेडियमको नाम राखिनेछ। यसले बालबालिकालाई पनि प्रेरणा दिनेछ।

उक्त ठाउँमा ३ हजार अपार्टमेन्ट जसमा १२ हजार ५ सय बालबालिका कोचिङ पाउनेछन्। १२ हजार कार तथा ३५ हजार टुह्विलरको पार्किङको समेत व्‍यवस्था गरिएको छ। यो शहरको भित्र पनि एउटा शहर रहेको छ।

यता, गुजरातका मुख्‍यमन्त्री नितिन पटेलले भनेका छन्, ‘ मोटेरा स्टेडियमको छेउमै २५१ करोड रुपैयाँको लगानीमा विश्‍वकै सबैभन्दा ठूलो स्पोर्टस् कम्प्लेक्स बनाइनेछ। क्रिकेटसँगै विश्वकै दोस्रो ठूलो स्पोर्टस् हो, यसलाई यो कम्प्लेक्समा समावेश गरिनेछ। जसमा फुटबल, हकी लगायतका सबै इन्डोर गेम समावेश हुनेछन्। कम्प्लेक्समा ३ हजार खेलाडि समेत १० हजार देखि १२ हजारको हाराहारीमा बस्‍न सक्नेछन्। साथै स्विमिङ पुल पनि हुनेछ।’

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्