काठमाडौँ– संसद पुनःस्थापनाको खुसीयालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबार देशभर विजय जुलुस निकालेको छ।

दाहाल–नेपाल समूहले राजधानीको रत्नपार्कमा पनि संसद पुनःस्थापनाको खुसीयालीमा र्‍याली निकालेको छ। रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको विजय र्‍याली बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै पुनः शान्तिबाटिकामै पुगेको थियो।

सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापनाको फैसला गरेको थियो।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले‍ मंगलबार संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय बदर गरेको थियो।

नेकपाको दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका विभिन्न राजनैतिक दल, नागरिक समाज प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै निरन्तर सडक संघर्षमा थिए।