बाघको छालासहित दुई पक्राउ

दाङ-जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित बाघको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरु माथि प्रतिबन्धित बन्यजन्तु (बाघ)को छाला ओसारपसार तथा बिक्रीबितरणको मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ ।
तुलसीपुर उप-महानगरपालिका वडा नं. ४ गोठी खोला स्थित रा.४ प.८८४७ नं.को मोटरसाईकलमा सवार सल्यान बागचौर नगरपालिका वडा नं. ९ बस्ने बर्ष २९ का सन्दिप डाँगी र शारदा नगरपालिका वडा नं. १५ बस्ने बर्ष ३७ को ईन्द्र वहादुर थापा बि.क.लाई बाघको छाला सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।
बाघकाे पुच्छरको भागदेखी टाउको सम्मको छाला बरामद गरिएको र अनुसन्धानको लागि वन कार्यालयमा बुझाउने तयारी गरिएको छ ।