रामचन्द्र झाको सुझाव: प्रधानमन्त्री ओलीजी इज्जत जोगाउन राजनीतिबाट सन्यास लिनुस्

जनकपुरधाम-प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन पूर्व मन्त्री रामचन्द्र झाले सझाव दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहका केन्द्रिय सदस्य समेत रहेका झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब राजिनामा दिन र राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन्।

सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई बदर गरेपछि जनपकुरधाममा नेकपाको दाहाल नेपाल समूहले निकालेको विजय जुलुशको कोणसभामा झाले प्रधानमन्त्री ओलीलाई ईज्जत जोगाउनका लागि पनि राजिनामा दिन सुझाव दिएका हुन्।

उनले नेपाली जनताले् प्रतिगामी शक्तिलाई एक पटक फेरी परास्त गरेर देखाएको र प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजिानमा दिनु पर्ने भन्दै राजनीतिबाट सन्यास लिन पर्ने समेत सुझाव दिएका हुन्।

झाले पार्टीले ओलीलाई साधारण सदस्य समेत नरह्ने गरी कारबाही गरि सकेको भन्दै भने, ‘ईज्जत जोगाउन राजिनामा दिनुस्, पार्टीले समेत कारबाही गरि सकेकोले बालकोट गएर भूजा फाँक्नुस।’

केपी ओलीको नेपाली राजनीतिमा कुनै काम नरहेको र उनी जस्ताले पार्टी नै सखाप पार्ने दावी गरेका छन् । नेपाली जनताको यस जीत पछि अब पार्टीलाई एक ढिक्का भएर अगाडी बढाउनु पर्ने बताएका छन्।

यस अघि दाहाल नेपाल समूहले जनकपुरधामस्थित पार्टी कार्यालयबाट विजय जुलुश निकालेर नारावाजी गर्दै जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो । विजय जुलुशमा नेताहरुले यो जीत कसको जनताको, नागरिक समाज धन्यवाद, केपी ओली बाय बाय सहितका नारा लगाएका थिए।

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्