३६९२ पीसीआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ।

हाल देशभर ९ सय ३७ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ३ हजार ६ सय ९२ पीसीआर परीक्षण भएको छ।

गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६६ पुगेको छ।

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्