मुल्य सूचि नराखी बढी मुल्यमा सामान बेच्ने वीरगञ्‍जबम तीन पसलेलाई २ लाख जरिवाना

पर्सा-वीरगञ्जमा मुल्य सूचि नराख्ने र बढी मुल्यमा सामान बेच्ने ३ पसलेलाई २ लाख ७० हजार जरिवाना गरिएको छ।

बुधबार गरिएको बजार अनुगमनको क्रममा वीरगञ्जका ३ वटा पसलेलाई कारवाही स्वरु जरिवाना गरिएको हो।

जिल्ला प्रसाशन कार्यलय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय,उपभोत्ता हित संरक्षण मंच, कन्जुमर आई नेपाल, उधोग वाणिज्य संघको सँयुक्त टोलीले वीरगञ्ज महानगरपालिकाको बजार अनुगमन गरेको थियो।

अनुगमनको क्रममा मुल्य सूचि नराख्ने वीरगञ्ज १० मा रहेको आई नेट प्रालिालाई ५० हजारको खरिद बिल नदेखाउने आदित्य ईन्फोटेकलाई २० हजार र बढी मुल्यमा सामान बिक्री गर्ने वीरगञ्ज ९ मा रहेको गगन ट्रेडिङ्ग हाउसलाई २ लाख जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए ।

जरिवाना गरिएको रकम ७ दिनभित्र राष्ट्रिय बाणिज्य बैंकमा ७ दिनभित्र जम्मा गर्न पनि समबन्धित पसलेलाई निर्देशन दिइएको खत्वेले बताए।

फाल्गुन १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्