लमही–घोराही सडकखण्ड एकतर्फी मात्रै सुचारु

फाइल तस्बिर

दाङ – लमही–घोराही सडक खण्ड अवरुद्ध भएको छ ।

सिमेन्ट उद्योगको लागी धुलो बोकेको भारतीय ट्रक बिच सडकमा रोकिदा लमही–घोराही सडक खण्डको आवागमन रोकिएको हो ।

अहिले एक तर्फी सडक सुचारु गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीले जनाएको छ । बिहीबार बिहान करिब साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो । धेरै सवारी साधन र यात्रु बिच सडकमा रोकिएका छन् ।

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्