जनशक्ति र उपकरणले भरिपूर्ण हुँदा हुम्लाको विरामीलाई उपचारमा सहज

 

सिमकोट-स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पताल जनशक्ति र उपकरणले भरिपूर्ण हुँदा बिरामीलाई उपचारमा सहजता आएको छ।

आवश्यक चिकित्सक र उपचारका लागि आवश्यक आधुनिक उपकरण जडान भएर सेवा प्रवाह हुन थालेपछि अस्पताल सुविधा सम्पन्‍न भएको हो।

कुनै समय एकजना चिकित्सक नहुने जिल्ला अस्पतालमा अहिले भने आठ जना चिकीत्सक कार्यरत रहँदा बिरामीले सहज रुपमा उपचार पाई रहेको बिरामी मनमाया रावतले बताइन्।

उपचार समेत स्वास्थ्यकर्मीबाट हुँदै आएकोमा अहिले भने ओपीडीमा चारजना चिकीत्सकहरुले एकसाथ चेकजाँच गर्दा बिरामीले उपचार पनि छिटो र छरितो किसिमले पाउने गरेको उनको अनुभव रहेको छ।

यतिबेला अस्पतालमा आठ जना चिकीत्सकहरु कार्यरत रहेको अस्पतालका चिकीत्सक टसी आङ्जु लामाले जानकारी दिए । छ जना मेडिकल अफिसर, एक जना डेण्टल र बिशेषज्ञ चिकीत्सक र आठ जना नर्सिङ स्टापको व्‍यवस्था हुदा सेवाग्राहीलाई उपचारमा सहजता भएको हो।

चिकीत्सकको व्‍यवस्था भएपछि जटिल केशका बिरामी बाहेक अन्य कसैलाई पनि जिल्ला बाहिर थप उपचारका लागि रिफर गर्नु नपरेको हो। आबश्यकता अनुसार चिकीत्सकको ब्यबस्था भएपछि राती पनि चिकीत्सकले ड्युटी दिन थालिएको छ।

यस हिसाबले जिल्ला अस्पतालमा चौबीसै घण्टा चिकीत्सकहरुले सेवा प्रदान गर्दै गरिदै आएको छ । त्यसमा पनि पहिलो पटक दुई जना महिला चिकीत्सक पनि अस्पतालमा कार्यरत छन् । चिकीत्सक लामा सहित डा. नबिन रोकाया स्थानीय हुन।

आधुनिक उपकरण पनि जडान


सामान्य अप्रेशनका लागि उपकरण नभएर बिरामी जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यताबाट अहिले आधुनिक उपकरण जडान गरेर सञ्चालनमा आएपछि उपचारका लागि सहज भएको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताइन्।

हाल अस्पतालमा जडान भएका आधुनिक उपचारका उपकरणहरुमा युएसजी मेशिन, ईसिजी मेशिन, डिजिटल एक्सरे र ओपिज, डेण्टल एक्स रे, भेन्टिलेटर,जिए मेशिन, अक्सिजन प्लाण्ट, अस्पतालको आफ्नै फार्मेरी, लगाएतका रहेका छन्। बिरामीका सामान्य अप्रेशन सबै अस्पतालमै हुने गरेको छन् भने जटिल किसिमका केही अप्रेशन जिल्लामै हुने डा. लामाले बताए।

केही गर्नै नसकिने भने जिल्ला बाहिर रिफर गर्नु पर्ने अबस्था छ। अर्को प्रसूतीका सबै अप्रेशनहरु प्नि जिल्लामै हुने गरेका छन्। सदरमुकाम आसपासबाट गर्भवती ब्यथाले थला परेकी बिरामीको उपचार जिल्लामै हुने गरेको छ भने नाम्खा, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाबाट भने जिल्ला बाहिर रिफर गर्ने गरिएको छ। पछिल्लो समय अस्पतालले आफ्नो क्यान्टीन सञ्चालनमा ल्याएर बिरामीलाई रानाको व्यवस्था पनि गरिएको छ।

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्