नेपालगञ्ज-बाँकेका पूर्णबहादुर थारु हात्तीको दाह्रासहित पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा बैजनाथ गाउँपालिका वडा नं. २, तिलकपुर बस्ने थारुलाई दश किलोग्राम हात्तीको दाँतसहित पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, थारुले घर पछाडी रहेको शौचालयको सेफ्टी ट्यांकीछेउमा निलो प्लाष्टिकमा लपेटी सेतो बोराभित्र २९ इन्च लम्बई, दश किलो तौल भएको हात्तीको दाँत राखेका थिए।

थारुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ।

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्