राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री ओलीलाई मोहन विक्रम सिंहको सुझाव

बुटवल–नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।

प्रगतिशील पत्रकार संघले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर बाटो खोलि दिनुपर्ने बताएका हुन्।

‘अबओलीले बाटो खोलिदिनुपर्छ, छलछाम गर्न खोज्नु हुँदैन, गल्ती स्वीकार गरेर नयाँ सरकारका लागि राजीनामा दिएर बाटो खोलि दिनुपर्छ,–सिंहले पत्रकारहरुसँग भने–कानूनविदले प्रतिनिधिसभा विघटन विरुद्ध गरेको जोडदार वकालतप्रति पनि धन्यवाद दिन चाहन्छु,बहुमतको सरकारलाई अङ्गभङ्ग गरेर ओली आफैले अस्थिरता पैदा गरेका हुन्, अब उनले निर्विकल्प अब बाटो खोलि दिनुपर्छ।’

प्रतिनिधिसभा विघटन बदर गर्नेसर्वोच्चअदालतको फैसलाले संविधानलाईबलियो बनेको उनले बताए।

उनले थपे,–‘सर्वोच्चको फैसलाले सबै कुरा समाधानभयो भन्ने त हैन, अबपनिनयाँ–नयाँ जटिलताहरू थपिँदै जानेछन्, तरपनिओलीले जुनखालको अस्थीरता ल्याउन खोजेका थिए, त्यो रोकिएको छ।

उनले तराईमा विखण्डकारी शक्तिहरुको चलखेल बढ्ने, एमसीसीपारित गराउन चाहने शक्ति एकजुट हुन सक्ने सम्भावना रहेको बताए।

‘एमसीसीपास गराउन चाहनेहरु मिलेर सरकार बनाउन पनि सक्छन्–उनले भने,–केही राजावादीहरु पनि सल्बलाउन सक्छन्, तर मुलुकलाई त्यो दिशामा जानबाट रोक्नुपर्छ।’

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्