प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

फाइल तस्बिर।

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।

सर्वोच्च अदालतको फैसलाका कारण राजनीतिक पराजय भोगेका ओलीको राष्ट्रपतिसँगको यो पहिलो भेट हो। ओली साँझ ७ बजे शीतल निवास भेटका लागि पुगेका हुन।

सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्‍यतामा रहेका ओलीले यसैबारे छलफल गरेको बुझिएको छ।

 

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्