राष्ट्रिय महिला आयोगले गरेको वक्तृत्वकला प्रतियोगिता माजस्मिन भुजेल प्रथम

काठमाडौँ-राष्ट्रिय महिला आयोगले १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘बालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र यौन हिंसाको कारण, चुनौती र समस्या समाधानका उपाय’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा जस्मिन भुजेलले प्रथम भएकी छन्।

बिहीबार भएको उक्त प्रतियोगितामा पद्मकन्या माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत विद्यार्थी भुजेलले प्रथम पुरस्कारसहित नगद २० हजार रुपैयाँ जितेकी हुन्।

यस्तै द्रोसो स्थान सैनिक आवसियका कक्षा १२ मा अध्ययनरत करुणा बुढाथोकीले १५ हजार रुपैयाँ नगद पुरस्कार जितिन् भने विश्वामित्र मा.विका कक्षा १० का विद्यार्थी समीर गिरीले १० हजार रुपैयाँ नगद पुरस्कार सहित तेस्रो भए।

यसैगरी सैनिक आवसीय विद्यालयका कक्षा १२ का विद्यार्थी सौरभ पौडेलले सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ नगद पाए।

उक्त प्रतियोगितामा काठमाडौँ, ललितपुर, र भक्तपुर जिल्लाको ११ सामुदायिक विद्यालयबाट २२ जना विद्यार्थीहरुले आफ्ना वक्तृत्व कला प्रस्तुत गरेका थिए। ।

जसमा हरेक विद्यालयबाट एक छात्र र एक छात्राको सहभागिता थियो।

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्