झापा-काठमाडौँ चल्ने हायसमा लागु औषध बोकेर ल्याइरहेका राम मंगलटारमा समातिए

काठमाडौँ- काभ्रेको मंगलटारमा फर्म्यास्युटिकल ड्रग्ससहित एक जना पक्राउ परेका छन्। झापा-काठमाडौँ चल्ने हायसमा चढेर आएका यात्रुसँग ड्रग्स रहेको सूचना पाएपछि प्रहरी निरिक्षक शेखर खड्का नेतृत्वको टोलीले चेकजाँच गरेको थियो।

प्रहरीले डाइजेपाम २ सय ५० एम्पुल, बुप्रेनर्फिन २ सय ४० एम्पुल र फेनरगन २ सय ५५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ। उक्त लागु औषध लिएर आएको आरोपमा सप्तरीको सुरुङ्गा नगरपालिकाका २२ वर्षीय धर्मेन्द्र रामलाई प्रहरीले पक्राउ गरेको छ।

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्