२ लाख ४६ हजार अवैध भारुसहित भारतीय युवक पक्राउ

मोरङ– भारतसँगको सीमावर्ती क्षेत्रमा एक भारतीय युवकलाई २ लाख ४६ हजार भारुसहित मोरङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सीमासँग जोडिएको विराटनगर महानगरपालिका १७ मटेरुवामा ३४ वर्षीय भारतीय युवक संजय सिंहको साथबाट बिहीबार अपराह्न सो रकम बरामद गरिएको हो।

मटेरुवास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट नेपाल प्रवेश गरेका सिंहलाई चेकजाँचका क्रममा उक्त रकमसहित पक्राउ गरेको थियो।

उनको साथबाट भारतीय ५ सय दरका ३ सय ८८ वटा र २ हजारका दरले २६ वटा नोट गरी कुल २ लाख ४६ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

प्रवक्ता थापाका अनुसार पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि रानीस्थित भन्सार कार्यालयमा बुझाएको छ।

फाल्गुन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्