नेपालको पहिलो चार्टड एकाउन्टेन्ट तथा बिमा संस्थाको संस्थापक शर्माको निधन

काठमाडौँ– पूर्व पर्यटनमन्त्री तथा नेपालको पहिलो चार्टर्ड एकाउन्टेन्ट (सिए) कुवेशप्रसाद शर्मामो निधन भएको छ। ८१ वर्षका शर्माको हृदयघातको कारणको निधन भएको हो। उनको काठमाडौँमा उपचार भईरहेको थियो।

राजविराज नगरपालिका ३ का स्थायीय बासिन्दा उनी काठमाडौँको बानेश्वर हाइटमा बस्दै आएका थिए। उनको जन्म सन् १९३७ मा भएको थियो। विकम र एफसिए गरेका शर्मा नेपालको पहिलो चार्टड एकाउन्टेन्ट र बिमा संस्थाको संस्थापक थिए।

सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट २०४८ सालमा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा निर्वाचित भएका शर्मा पर्यटन मन्त्री भएका थिए।
उनको श्रीमति र ३ छोरी छन्।

फाल्गुन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्