एम्बुलेन्सको ठक्करबाट घाइते बाघको खोजी गर्दै निकुञ्ज

फाइल तस्बिर: बर्षा शाह/देश सञ्चार

नेपालगञ्ज – बर्दिया राष्ट्रिय निकुञ्जमा एम्बुलेन्सले पाटे बाघलाई ठक्कर दिएको छ।

नेपालगञ्जदेखि पश्चिमतिर जाँदै गरेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुढीखोला नजिक बाघलाई ठक्कर दिएको थियो।

घटनाका बारेमा एम्बुलेन्स चालकले नै निकुञ्ज प्रशासनलाई जानकारी दिएको प्रमुख संरक्षण अधिकृत (वार्डेन) विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

वार्डेन श्रेष्ठका अनुसार, घाइते बाघको खोजी भइरहेको छ। निकुञ्ज, नेपाली सेनाको टोलीले हात्तीको प्रयोग गरेर बाघको खोजी गरिरहेका छन्।  निकुञ्ज प्रशासनले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ।

वार्डेन श्रेष्ठले एम्बुलेन्सको चक्कामा बाघको रौं देखिएको छ। बर्दियामा यसअघि मोटरसाइकलमा सवार महिलालाई बाघले तानेर खाएको थियो।

फाल्गुन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्