झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन

झापा – झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन भएको छ।

शनिबार राति काठमाडौँमा उनको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।

लामो समयदेखि उनी काठमाडौँमा छोरा डा. सञ्जीव उप्रेतीसँगै बस्दै आएका थिए।

डा. शंकरले झापाको शनिश्चरे बजार नजिक रहेको निजी निवासमा करिब ५० वर्ष सर्वसाधारणलाई चिकित्सा सेवा दिएका थिए।

फाल्गुन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्