प्रचण्डतिर लागेपछि बिरु तामाङलाई बादलले स्वकीय सचिवबाट हटाए

तस्बिर बिरु तामाङको फेसबुकबाट

काठमाडौँ-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीय सचिव बिरु तामाङलाई अन्ततः पदबाट हटाएका छन्।

बादलले पूर्व जनमुक्ति सेनाको संगठनका प्रमुख समेत रहेका तामाङलाई हटाएका हुन्।

तामाङले पछिल्लो पटक जनवर्गीय संगठनहरु पुर्नगठनका बेला बादल पक्षलाई ओली पक्षले अपमान गरेको अभिव्यक्ति दिँदै आएका थिए र आफूहरुमाथि भएको अन्यायको सुनुवाई भए प्रचण्ड खेमातिर जाने संकेत पनि दिएका थिए।

बादल निकट स्रोतका अनुसार बादलले आफूसँग रहने तर प्रचण्ड र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै तामाङलाई हटाएका    हुन् ।

यसअघि, ओलीले संसद् विघटन गरेपछि बादलका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए।

फाल्गुन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्