जुन शक्ति निर्वाचनका लागि तयार हुन्छ, त्यसैसँग सहकार्यः कांग्रेस नेता साउद

धनगढी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले छिटो निर्वाचन गर्ने शक्तिसँग सत्ता साझेदारी गर्ने बताएका छन्।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता साउदले अहिलेको अवस्थाले सरकार जसले बनाएपनि अस्थीर रहने हुँदा मध्यावधि निर्वाचन गर्ने शक्तिसँग सत्ता साझेदारी गर्ने बताएका हुन्।

नेता साउँदले भने, ‘सत्ता साझेदारी व्याक्तिसँग होइन, पार्टीसँग गर्ने हो। अहिले नेकपाका दुबै धार पार्टी नभई समूह रहेकाले औपचारिक रुपमा पार्टी विभाजन भएर नीति, कार्यक्रम र योजनासँग सहमति भए सत्ता साझेदारी हुन्छ।’

उनल थपे, ‘मुलुक अस्थीरताको बाटोमा रहेकाले, यो अस्थीरताबाट बाहिर निकाल्नका लागि पनि एक वर्षभित्र निर्वाचन गर्न आवश्यक छ, जुन शक्ति निर्वाचनका लागि तयार हुन्छ त्यसैसँग सहकार्य हुन्छ।’

अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु उत्तम हुने साउदले बताए।

फाल्गुन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्