गढवाको शान्तिपुरमा आगलागी, तीन घर र दुई गोठ जलेर नष्ट

दाङ- गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा तीन घर र दुई गोठमा आगलागी भएको छ ।

आइतबार बेलुका अचानक भएको आगलागी हुँदा स्थानीय कर्णबहादुर रानाको घर-गोठ, कर्णबहादुरकि आमाको घर, स्थानीय मनिराम रिजालको घर-गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

गढवा गाउँपालिका, लमही नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीको सकृयतामा आगलागी नियन्त्रणमा आएको छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले इन्कोर परियोजना मार्फत पीडित परिवारलाई अस्थायी आवास निर्माणको लागि त्रिपाल, भाँडाकुँडा, लत्ताकपडा प्रदान गरेको संयोजक देवी प्याकुरेलले जानकारी दिए।

घटनास्थलमा रेडक्रस सहित गाउँपालिका स्तरिय विपद् व्यवस्थापन समितिका संयोजक तथा गढवा-५ का वडा अध्यक्ष प्रकाश भण्डारी पुगेका थिए।

फाल्गुन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्