राष्ट्रपति भण्डारीद्वारा संसद बैठक आह्वान

फाइल तस्बिर ।

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्।

मन्त्रिपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गरेकाे थियाे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

गत फागुन ११ गते प्रतिनिधिसघा विघटनको घोषणा बदर गर्दै सर्वाेच्चले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशनात्मक आदेश दिएको थियो।

 

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्