साप्ताहिक विश्लेषण (फाल्गुन ९ देखि १५)

नेपालमा कोरोनाको मृत्युदर १ दशमलव १ प्रतिशत

सन् २०१९ को नोभेम्बर महिना देखि देखा पर्न थालेको कोरोना संक्रमण सन् २०२० को मार्च (March) महिनाको पहिलो सातादेखि क्रमश: बढ्दै जाने क्रम सुरु भई हालसम्म यसको यात्रा निरन्तर रह्यो। गत वर्ष मार्चभन्दा पहिला कोरोना संक्रमण मुलत चीन र दक्षिण कोरियामै सीमित थियो भने अन्य दक्षिणपूर्वी एसियाली देशहरुमा फाटफुट मात्रै देखा परेका थिए।

सुरुमा सामुद्रिक खाना खाएका मानिसहरुमा अनौठो किसिमको निमोनिया (छातीको संक्रमण ) को लक्षणबाट सुरु भएको कोरोना संक्रमणले चीनको हुबे प्रान्तको वुहान शहरको एक बस्तीको ठूलै जमातलाई असर गरेपछि स्थानीय सरकारले सन् २०१९ डिसेम्बर (December) २७ का दिन एक अन्जान रोगको प्रकोप सुरु भएको सार्वजनिक गर्‍याे।

अनुसन्धान गर्ने क्रममा त्यहाँका वैज्ञानिकहरुले त्यस निमोनिया एक नयाँ किसिमको भाइरसको कारणले भएको हो भनी पत्ता लगाए । संक्रमणको बारेमा प्रशस्त अध्ययन नगरेको र जानकारी पनि सार्वजनिक नगरेको भनी चीन भित्रै र विशेष गरी स्थानीय संसद अधिवेशनको बेला स्थानीय सरकारको निकै आलोचना र विरोध भएको थियो।

सन् २००० को सुरुवाती भित्रै वुहान शहरभित्र र नजिकैको शहरहरुमा पनि यो संक्रमण बढ्न थालेपछि स्थनीय सरकारले जनवरी २३ का दिन देखि व्यापक प्रकोप नियन्त्रणका उपायहरु अपनायो र अनुशासनका कडा नियमहरु लागु गर्याे जसले गर्दा केही हप्ताभित्रै चीनमा कोरोना प्रकोप केही नियन्त्रित भयो ।

जनवरी (January)को अन्त्यसम्ममा चीनका अन्य थुप्रै प्रान्तहरुमा पनि यो संक्रमण फैलिसकेको थियो। संक्रमण र यसको प्रकोपको अवस्थालाई मध्यनजर गरी WHO ले जनवरी ३१का दिन संक्रमण अन्य देशहरुमा पनि फैलिन सक्ने जोखिम रहेको भन्दै “जनस्वास्थ्यको आकस्मिक अवस्था (Public Health Emergency of International Concern)” घोषणा गर्यो। जनवरीको अन्त्यसम्ममा  चीनका सम्पूर्ण प्रान्त तथा ठूला शहरहरुमा प्रकोप नियन्त्रणका कडा नियमहरु लागु भइसकेका थिए।

विस्तारै अन्य देशहरुमा पनि फैलिने क्रममा मार्चको सुरुवातीसँगै कोरोना संक्रमण यूरोप र त्यसको करीब दुई सातापछि अमेरिकामा छोटो समयमा  व्यापक फैलिई प्यान्डेमिकको रुप लियो र WHOले मार्च ११ मा कोरोना सर्ब महामारी (World Pandemic) घोषणा गर्‍याे।

गतहप्ताको पछिल्लो समयसम्ममा WHO का अनुसार विश्वमा जम्मा सवा ११ करोडभन्दा बढीलाई यो संक्रमण लागि सकेको छ भने २५ लाखभन्दा धेरै मानिसले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्। अर्थात् हालसम्मको विश्वको समग्र कोरोना मृत्युदर करिब २.२१% रहेको छ। यसरी दैनिक संक्रमण हुने क्रममा हालसम्मकै सबैभन्दा उच्च दैनिक  संक्रमण, WHO का अनुसार,गत वर्षको डिसेम्बर (December) २० का दिन एकै दिन ८४३४२५ जनामा नयाँ संक्रमण देखिएको थियो भने त्यस पछि यस वर्ष जनवरी (January) १०का दिन एकै दिन ८३६३६८ जनामा दोस्रो सबैभन्दा बढी दैनिक संक्रमण देखिएको थियो।

गत वर्ष मार्चभन्दा पहिला विश्वमा दैनिक तीन देखि चार हजार मात्र नया संक्रमण देखा पर्ने गरेको थियो भने गत वर्षको अन्त्य र यस वर्षको सुरुवातमा दैनिक आठ लाखभन्दा धेरै संक्रमण देखापरी यसले कीर्तिमान बनायो। तर हाल झन्डै डेढ महिनादेखि यो क्रम घट्दो छ र पछिल्लो समय यो संख्या दैनिक तीन लाख देखि साढे तीन लाखका बीच सीमित हुन पुगेको छ।

त्यस्तै दैनिक मृत्युको कुरा गर्दा गत वर्षको मार्चको दोस्रो हप्तादेखि दैनिक कोरोना मृत्यु विस्तारै बढ्दै गई हालसम्मकै सबैभन्दा उच्च दैनिक मृत्यु यस वर्षको जनवरी २२ का दिन एकै दिन १६६६० जनाको मृत्यु भएको थियो भने त्यसपछि यसै वर्ष जनवरी २८ का दिन  १६६५१ जनाको एकै दिन मृत्यु भई दोस्रो सबैभन्दा धेरै दैनिक मृत्यु भएको थियो।

गत वर्ष मार्चभन्दा अगाडिसम्म विश्वभरि दैनिक करिब एक सय जनाजतिको मात्रै कोरोनाका कारण मृत्यु हुन्थ्यो भने यस वर्षको सुरुवातीमा दैनिक सोह्र हजार मानिसको मृत्यु भई कीर्तिमान बन्यो। तर हाल झन्डै चार हप्तादेखि यो क्रम घट्दो छ र पछिल्लो समय यो संख्या दैनिक करिब आठ हजारमा सीमित हुन पुगेको छ। यसरी विश्वमा पछिल्लो समयमा दैनिक कोरोना संक्रमण र कोरोना मृत्यु दुवै क्रमश: घट्दै जानु सिंगो मानव जातिको लागि खुशीको खबर हो। पछिल्लो समयमा कोरोना सम्बन्धी जानकारी, अनुसन्धान , उपचार प्रविधि आदिको विकास हुनु र कोरोना खोप कार्यक्रम सुरु हुनु यसका प्रमुख कारण हुन सक्दछन्।

कोरोना प्यान्डेमिक सुरु भएपछि प्यान्डेमिक विश्वमान चित्रमा दक्षिण एसिया गत वर्षको एप्रिल (April) महिनाको दोस्रो साता तिर देखि देखिन सुरु गरेको हो। चीनमा गत वर्ष जनुवरीको अन्तिम हप्तातिर कोरोना प्रकोपले व्यापकता पाएको थियो जुन फेब्रुअरी (February) को मध्यतिर नियन्त्रणमा आइसकेको थियो। यसरी चीनमा प्यान्डेमिक सुरु भएको करिब साढे दुई महिनापछि दक्षिण एसियामा यसले व्यापकता पाउन थाल्यो। जबकि दक्षिण एसियाभन्दा पहिला यूरोपमा अत्यधिक संक्रमण देखिएको थियो भने अमेरिकाज (Americas=उत्तर अमेरिका + दक्षिण अमेरिका) मा पनि प्यान्डेमिक उदाइसकेको थियो।

युरोपमा मार्चको दोस्रो हप्ता र अमेरिकाजमा मार्चको चौथो हप्तातिरबाट प्यान्डेमिक निकै बढ्न थालेको थियो।दक्षिण एसियामा अप्रिलको सुरुवातीदेखि जुन (June)को अन्त्यसम्म करिब तीन महिना प्यान्डेमिक सुस्त भएता पनि त्यसपछि प्यान्डेमिक विश्वमान चित्रमा दक्षिण एसियाको आकार ठूलो हुँदै गई यसले अगस्ट (August)को सुरुवाती देखि अक्टोबर (October)को मध्यसम्म करीब साढे दुई महिना विश्व प्यान्डेमिकको सबैभन्दा ठूलो हिस्सा ओगट्यो।

त्यसताका यूरोपमा कोरोना संक्रमणको मात्रा निकै कम भइसकेको थियो भने अमेरिकाजमा  पनि यसको संक्रमण अत्यधिक थियो। सेप्टेम्बर (September)को मध्य तिर दक्षिण एसियामा संक्रमण यति धेरै बढ्यो कि विश्वको कूल दैनिक संक्रमित मध्ये दक्षिण एसियामा मात्रै विश्वको करिब ३५%  संक्रमण देखियो। सेप्टेम्बर (September) १७ का दिनविश्वको जम्मा ३१०३६२ संक्रमित मध्ये १०५३६८ दक्षिण एसियामा भेटिएका थिए। त्यो त्यही दिन थियो जुन दिन WHO का अनुसार दक्षिण एसियामा हाल सम्मकै सबैभन्दा धेरै संक्रमित देखिएको थियो। विश्वको तुलनामा दक्षिण एसियामा मृत्युको अनुपात भने केही कम देखिन्छ। त्यसै दिन भएको जम्मा ५९५६ कोरोना मृत्यु मध्ये १३०३ जना दक्षिण एसियामा भेटिएको थियो जुन विश्वको जम्मा मृत्यूको करिब  २२% थियो।

त्यसताका अर्थात् गत वर्षको सेप्टेम्बरको मध्य तिर हरेक दिन अमेरिकामा करिब ५००००  नयाँ संक्रमित भेटिन्थे भने  भारतमा  करिब ७००००र ब्राजिलमा करिब २५००० गरी यी तीन देशहरु सबैभन्दा धेरै जम्मा संक्रमितको हिसाबले विश्वमा क्रमश: पहिलो देखि तेस्रो स्थानमा थिए र हाल पनि त्यही स्थानमा कायम छन्।  त्यस्तै त्यसताका दैनिक भारतमा करिब १०००, अमेरिकामा ८०० र ब्राजिलमा ७०० जति मानिसको कोरोनाका कारण मृत्यु हुने गरेको थियो। पछिल्लो समयमा परिस्थितिले कोल्टो फेरेको छ र हाल हरेक दिन अमेरिकामा नयाँ संक्रमित करिब ६०००० देखि ८००००, भारत मा १५००० देखि १७०००  र ब्राजिलमा ६०००० देखि ६५००० देखिने गरेको छ। त्यस्तै पछिल्लो समयमा कोरोनाका कारण दैनिक करिब अमेरिकामा १५०० देखि २५००, ब्राजिलमा १२०० देखि १६०० र भारतमा १०० देखि १२० मृत्यु देखिने गरेको छ।

तर पछिल्लो समय भारतमा कोरोना संक्रमण फेरि केही बढ्न खोजेको हो कि जस्तो देखिन्छ। गत वर्ष सेप्टेम्बरको तेस्रो सातादेखि क्रमश: ओरालो लाग्दै गएको भारतको प्यान्डेमिक जनवरीको अन्तिम सातादेखि अर्थात् बिगत झन्डै एक महिनादेखि ओरालो लाग्ने क्रम रोकिई विस्तारै स्थिर हुँदै बढ्न लागेको भान हुन्छ। एक महिनाअघिसम्म दैनिक संक्रमण   ११-१२ हजार भएकोमा हाल फेरि १५-१७ हजार दैनिक  संक्रमण हुन थालेको छ। त्यस्तै गत वर्ष सेप्टेम्बर को तेस्रो साता देखि ओरालो लाग्न सुरु गरेको भारत को दैनिक मृत्यु पनि बिगत करिब एक महिना देखि केही स्थिर देखिई हाल केही बढ्न खोजेको देखिन्छ।

तीन साताअघि करीब ७० देखि ९० जनामा झरिसकेको भारतको दैनिक मृत्यु हाल आएर औसतमा करिब ११० जति पुगेको छ। जसरी यूरोप, अमेरिकाज र अन्य विकसित देशहरुमा कोरोना प्यान्डेमिकको धेरै पटक लहर आइसकेको छ त्यस्तै भारत र दक्षिण एसियामा पनि प्यान्डेमिकको नयाँ लहर नआउला  भन्न सकिँदैन। तसर्थ नेपालले पनि त्यसको ध्यान प्रशस्त राख्नु पर्ने देखिन्छ। भनिन्छ भाग्यमानीले  अरुको देखेर, सुनेर सिक्दछ र चेत्दछ, अभागी आफैलाई परेपछि मात्रै चेत्दछ।

दक्षिण एसियामा गत हप्तासम्म जम्मा १२५७७८६२ संक्रमित भएका छन् जसमध्ये १८२६२४ ले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्। दुई हप्ता अगाडि यो संख्या क्रमश: १२४६७४४८र १८१४९५थियो । त्यस अर्थमा दुई हप्ता अगाडिको दाँजोमा गत हप्ता जम्मा ११०४१४ जना नयाँ कोरोना संक्रमित भेटिए  जसको अर्थ हो दक्षिण एसियामा विगत एक हप्ताको कोरोना संक्रमण वृद्धि दर करिब ०.८८% रह्यो।

त्यस्तै दक्षिण एसियामा गतहप्ता जम्मा ११२९ नया मृत्यु भेटिए जसको अर्थ हो दक्षिण एसियामा विगत एक हप्ता को कोरोना मृत्यु वृद्धि दर करिब ०.६२ % रह्यो। यी दुवै दरहरु १% भन्दा कम भएको राम्रो हो। त्यस अर्थमा दक्षिण एसियाको दैनिक नयाँ संक्रमण र दैनिक मृत्युको अवस्था त्यति चिन्ताजनक नभएको देखिन्छ। यद्यपि प्यान्डेमिक बदलिँदो परिस्थितिमा यस प्रति चनाखो भई आवश्यक सावधानी र नियन्त्रणका उपायहरु अपनाउनु आजको आवश्यकता हो।

चित्र न. १ ले विश्वको विगत करीब १ महिनाको दैनिक नयाँ संक्रमण र दैनिक मृत्युको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै विश्वको दैनिक संक्रमण  विगत एक महिनामा केही घट्दै आएको देखिए तापनि पछिल्लो समय यो घट्ने क्रम केही रोकिएको हो कि जस्तो देखिन्छ। गत हप्तासम्म यो निरन्तर घट्ने क्रममै थियो।

त्यस्तै विश्वको दैनिक मृत्यु  विगत एक महिनामा घट्दै आएको देखिन्छ र पछिल्लो समयमा पनि यो क्रम जारी नै देखिन्छ। चित्रमा देखाइए जस्तै एकातिर विश्वको दैनिक संक्रमण फेरि बढ्न खोजे जस्तो देखिनु राम्रो लक्षण होइन भने अर्कोतिर दैनिक मृत्यु चाही घट्दै जानु राम्रो लक्षण हो। तर विश्वको दैनिक नयाँ संक्रमण र मृत्यु दुवै हेर्ने हो भने विगत एक डेढ महिना देखि यी दुवै ओरालो लाग्ने क्रममा छन् र यसरी ओरालो लाग्ने क्रममा यी दुवै बारम्बार  तल माथि भइरहेका छन्।

चित्र न. २ ले दक्षिण एसियाको विगत करिब १ महिनाको दैनिक नयाँ संक्रमण र दैनिक मृत्युको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै दक्षिण एसियाको दैनिक संक्रमण विगत एक महिनामा केही घट्दै आएको देखिए तापनि पछिल्लो समय यो केही बढ्दै गएको जस्तो देखिन्छ।सुरुको दुई हप्तासम्म यो निरन्तर घट्ने क्रममै थियो ।त्यस्तै दक्षिण एसियाको दैनिक मृत्यु पनि विगत एक महिना केही घट्दै आएता पनि पछिल्लो समयमा यो पनि बढ्ने क्रममै देखिन्छ।

चित्रमा देखाइए जस्तै दक्षिण एसियाको दैनिक संक्रमण र दैनिक मृत्यु विगत करिब दुई हप्ता देखि  फेरि बढ्न खोज्नु राम्रो लक्षण भने होइन। सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center) को तथ्यांक ले पनि विगत करिब तीन हप्ता देखि दक्षिण एसिया को दैनिक नयाँ संक्रमण केही बढ्न खोजेको देखाउँदछ जुन राम्रो लक्षण होइन। चित्र न. १ र चित्र न. २ को तुलना गर्ने हो भने अर्थात् विश्व र दक्षिण एसियाको कोरोना प्यानडेमिक को प्रबृत्ति तुलना गर्ने हो भनेदुई बीच केही भिन्नता देखिन्छ।

विश्वको दैनिक नयाँ संक्रमण र मृत्यु क्रमश: घट्दै गएको परिप्रेक्षमा दक्षिण एसियाको दैनिक संक्रमण र दैनिक मृत्यु केही घट्दै आएता पनि पछिल्लो समय विश्वको तुलनामा दक्षिण एसियामा प्यान्डेमिक केही बढ्न खोजेको देखिन्छ जुन एउटा सूचक हुन सक्दछ। पछिल्लो समय दक्षिण एसियाको दैनिक संक्रमण र मृत्यु बढ्नुमा भारतको योगदान सबैभन्दा धेरै देखिन्छ।

पछिल्लो समयमा विश्व र दक्षिण एसियाको जम्मा संक्रमण र जम्मा मृत्युकाे तुलना चित्र न. ३ र ४ मा देखाइएको छ। दुई हप्ताभन्दा अगाडिको अवस्था गतहप्ताको दाँजोमा केही फरक देखिन्छ। चित्र न. ३ मा देखाइए जस्तै दुई हप्ता अगाडि दक्षिण एसियाको जम्मा संक्रमितको अंश विश्वको करिब ११% थियो भने गत हप्ता यो अंश १२% पुगेको छ। गत हप्ता को पछिल्लो समयमा विश्वमा जम्मा संक्रमित ११२९०२७४६ पुगेको छ भने दक्षिण एसियामा करिब १३४९००००।

त्यस्तै  चित्र न. ४ मा देखाइए जस्तै गतहप्ता दक्षिण एसियाको जम्मा मृत्युको  अंश विश्वको करिब ८.२५% पुगेको छ जुन दुई हप्ता अगाडि करिब ७.५%  थियो। गत हप्ताको पछिल्लो समयमा विश्व मा जम्मा मृत्यु  २५०८६७९ पुगेको छ भने दक्षिण एसिया मा करिब २०७५००।

त्यस्तै दैनिक संक्रमण हेर्ने हो भने गतहप्ताको पछिल्लो समय दक्षिण एसियामा दैनिक संक्रमण विश्वको करीब ६.१०% पुगेको छ जुन दुई हप्ता अगाडि ६% भन्दा कम थियो । त्यसै गरी  दैनिक मृत्यु हेर्ने हो भने गतहप्ताको पछिल्लो समय दक्षिण एसियामा दैनिक मृत्यु विश्वको करिब ३.५% पुगेको छ जुन दुई हप्ता अगाडि केही ३% भन्दा कम थियो।

यी सबै तथ्यांकहरुले विगत केही हप्तादेखि दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु विश्वसँग तुलना गर्दा केही बढ्न खोजेको देखिन्छ। तरयहाँ उल्लेख गरिएका तथ्यहरु प्यान्डेमिकको अवस्थामा हुन सक्ने सामान्य उतारचडाव मात्रै पनि हुन सक्दछ र छोटो समयमा यकिनका साथ कुनै  अनुमान लगाउन सकिँदैन। तर यसलाई नजर अन्दाज गर्नु पनि गलत साबित हुन सक्दछ।

माथिका चित्रहरुमा विश्व र दक्षिण एसियाको दैनिक  संक्रमणको आँकडा अनुमानित या लगभग हिसाबले प्रस्तुत गरिएका हुन् र विश्वको तुलनामा दक्षिण एसियाको अनुपात निकालिएको  हो।

माथि उल्लेखित तथ्यहरुको आधारमा दक्षिण एसियामा हाल कोरोना संक्रमण र यसको कारणले भइरहेको प्यान्डेमिक केही नियन्त्रणमा आएको देखिए तापनि पछिल्लो समय प्यान्डेमिक घट्दै जाने क्रम केही  रोकिएको जस्तो देखिन्छ। SDMC का अनुसार फेब्रुअरी २४ का दिन सम्म दक्षिण एसियामा जम्मा १२५७७८६२ जनामा संक्रमण भएको  देखिन्छ भने त्यसैको कारणले जम्मा १८२६२४ जनाको मृत्यु भइसकेको देखिन्छ।

त्यस्तै दक्षिण एसियाका देशहरुमा जम्मा संक्रमण अफगानिस्तानमा ५६६५६, बंगलादेशमा ५४४११६, भुटानमा ८६७, भारतमा ११०३०१७६, माल्दिभ्समा १९०३८, नेपालमा २७३६६६, पाकिस्तानमा ५७२३३४ र श्रीलंकामा ८१००९ देखिएका छन् । त्यस्तै दक्षिण एसियाका देशहरुमा जम्मा मृत्यु अफगानिस्तानमा २४८७, बंगलादेशमा ८३७४, भुटानमा १, भारतमा १५६५६७,माल्दिभ्समा ६०,नेपालमा २०६५,पाकिस्तानमा १२६१७, र श्रीलंकामा ४५३  देखिएका छन्।

यस लेखमा गएको बुधबार अर्थात् फाल्गुन १२ गते (फेब्रुअरी २४) का दिन नेपाल सरकारले दैनिक उपलब्ध गराउने तथ्यांकमा नया थपेको ६१९ जना थप मृत्यू जोडिएको छैन।

यसरी संक्रमण र मृत्य् हुनेमा दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा देखिएको छ भने सबैभन्दा कम भुटानमा देखिएको छ। कोरोना संक्रमण र त्यसैका कारण भएको मृत्यु भारतमा सबैभन्दा धेरै र भुटानमा सबैभन्दा थोरै हुनुको मुख्य कारण मध्ये एक ती देशका जनसंख्या पनि हो। हाल भारतमा दैनिक औसतमा करिब १६००० नयाँ संक्रमित भेटिने गरेको छ भने भुटानमा गत साता साताभरि मात्र १ नयाँ  संक्रमित भेटिए।

पछिल्लो समयमा औसत दैनिक संक्रमणको आधारमा दक्षिण एसियामा पहिलो देखि अन्त्यसम्म क्रमश: भारतमा  दैनिक करिब १६०००, पाकिस्तानमा  १३००, श्रीलंकामा ४७०,  बंगलादेशमा ४००, माल्दिभ्समा १३०, नेपालमा १००, अफगानिस्तानमा ११, र भुटानमा सातामा मात्र १ नयाँ संक्रमण देखिने गरेको छ। तर दैनिक संक्रमण कति देखिएको छ भन्नु मात्रै त्यति सहि हुँदैन किनभने त्योभन्दा महत्वपूर्ण कुरा परीक्षण कति गरिएको छ भन्ने हुन्छ।

दक्षिण एसियाका अन्य देशहरुमा जस्तै नेपालमा पनि कोरोना प्यान्डेमिक घट्दै जाने क्रम जारी छ। त्यसै अनुरुप जनजीवन पनि सामान्य बन्दै गएको अवस्था छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्ने बेला भइसकेको छैन। त्यसैले हरेक व्यक्तिले भौतिक दूरी कायम  गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु अपनाउनु पर्ने देखिन्छ।

दैनिक परीक्षणको कुरा गर्दा, आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसारदक्षिण एसियामा धेरैदेखि थोरैसम्म प्रति एक हजार जनसंख्यामा क्रमश: माल्दिभ्समा ८, भुटानमा २.५, श्रीलंकामा ०.६१, भारतमा ०.५, पाकिस्तानमा ०.१७, नेपालमा ०.११, बंगलादेशमा ०.०८र अफगानिस्तानमा अति न्यून परीक्षण गरिने गरेको छ। जति धेरै परीक्षण गर्यो उति संक्रमण पनि धेरै  देखिने सम्भावना हुन्छ। धेरै परीक्षण गरेर लुकेर बसेका संक्रमण पत्ता लगाउनु र  निकाल्नु प्यान्डेमिक नियन्त्रण निकायको उद्द्यश्य हुनु पर्दछ । थोरै परीक्षण गरेर थोरै संक्रमण भेटिनुभन्दा धेरै परीक्षण गरेर थोरै संक्रमण भेटिनु राम्रो हो भने थोरै परीक्षण गरेर धेरै संक्रमण भेटिनु खतराको सूचक हो।

त्यस्तै पछिल्लो समयमा दैनिक मृत्यु दक्षिण एसियामा पहिलो देखि अन्त्यसम्म क्रमश: औसतमा भारतमा करिब ११०,पाकिस्तानमा  ४५, बंगलादेशमा ७, श्रीलंका मा २,नेपालमा १,अफगानिस्तानमा गत साताभरि ५, माल्दिभ्समा गत साताभरि १ र भुटानमा सुन्ना देखिने गरेको छ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। गतहप्ता फेब्रुअरी २१देखि २७ (फाल्गुन ९देखि१५) जम्मा ७ दिनको नेपालभरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या चित्र न.५ मा प्रस्तुत गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा ७१४ जना नया संक्रमित थपिएका छन् भने काठमाडौँ उपत्यकाको कुरा गर्दा नेपाल सरकारले गत बिहिबार देखि काठमाडौँ उपत्यकाको नयाँ दैनिक संक्रमित तथ्यांक उपलब्ध गराएको छैन।

त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा७३७ र काठमाडौँ उपत्यकामा ३६२ नयाँ संक्रमित भेटिएका थिए। माथिको तथ्यांकको आधारमा भन्ने हो भने गतहप्ता त्यो भन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि संक्रमितको संख्या घटेको पाइयो। विगत केही महिनादेखि नेपालभरि र काठमाडौँ उपत्यकामा जम्मा कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ।

त्यस्तै मृत्यु हुनेको संख्या गतहप्ता जम्मा १०रह्यो भने त्योभन्दा अगाडिको हप्ता ७  थियो। यसरी नेपालमा दैनिक नयाँ संक्रमण कम हुँदै गइरहेको परिप्रेक्ष्यमा दैनिक मृत्यु भने बेला बेलामा बढ्ने गरेको छ। गत बिहीबार देखि नेपाल सरकारले काठमाडौँ उपत्यका को दैनिक संक्रमण को तथ्यांक उपलब्ध नगराएको हुनाले नेपाल देशभरि र काठमाडौँ उपत्यका को तुलनात्मक विश्लेषण यस लेखमा गर्न सकिएन।

 

दैनिक संक्रमण पोजिटिभिटीदर(Positivity Rate)


प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटीदर एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ। पोजिटिभिटीदरको बारेमा गएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु  होला।

नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटीदर चित्रन.६मा देखाइएकोछ। गतहप्ता पनि नेपालको प्यान्डेमिक निरन्तर रुपमा केही तल झर्दै गएको देखिन्छ। गत हप्ता पोजिटिभिटीदर न्यूनतम २.४१  देखि अधिकतम ३.४२ सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२.९७% रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर २.७१%र४.३% काबीच रही त्यो साताको औसत पोजिटिभिटी दर ३.३०%रहेको थियो। यसरी नेपाल को दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी पनि घट्दै जाने क्रम जारी छ जुन गत दुई हप्ता देखि WHO को प्यान्डेमिक  नियन्त्रण माप दण्ड भित्र परेको छ।

नेपालमा प्यान्डेमिकको इतिहासमा ७ महिनाभन्दा धेरै पछि गएको दुई  हप्ता साताभरिको दैनिक पोजिटिभिटी ५% भन्दा मुनि रही औसत करिब ३.३०% रह्यो। यसरी दैनिक पोजिटिभिटी अर्थात् संक्रमण दर दुई हप्ताभन्दा लामो समय ५%भन्दा कम रहेमा WHO को मापदण्ड अनुसार कोरोना संक्रमण तथा प्यान्डेमिक नियन्त्रण भएको भन्न सकिन्छ। त्यस अर्थमा नेपालमा हाल कोरोना संक्रमण र प्यान्डेमिक नियन्त्रित भएको मान्नु पर्दछ। आशा गरौँ नेपालमा प्यान्डेमिक यसरी नै घट्दै जाओस् नकि यूरोप, अमेरिकामा रपछिल्लो समय भारत मा जस्तो नयाँ लहर फेरि आओस्।

गतहप्ता देशभरि जम्मा२४०९५ परीक्षण  गरियो भने त्यो भन्दा अगाडिको हप्ता जम्मा २२७६० परीक्षण गरिएका थिए। यसरी गत हप्ता त्यो भन्दा अगाडि को हप्ता भन्दा परीक्षण केही बढी गरियो र हाल नेपालमा दैनिक औसतमा करीब३४००मात्र परीक्षण गरिँदै आएको।

स्मरण रहोस् नेपालको दैनिक संक्रमण कार्तिक ५ गते सबैभन्दा धेरै एकै दिन ५७४३ नया संक्रमित भेटिएका थिए भने त्यही दिन सबैभन्दा धेरैदैनिक परीक्षण एकै दिन २०११८ परिक्षण गरिएका थिए। त्यस्तै नेपालको प्यान्डेमिक इतिहासमा सुरुको अवस्थामा बाहेक सबैभन्दा कम परीक्षण फाल्गुन १ गते १९०० मात्रै परीक्षण गरिएका  थिए भने त्यसै दिन हालसम्मकै सबैभन्दा कम, सुरुको अवस्थामा बाहेक, जम्मा ५७ मात्रै नयाँ संक्रमित देखिएका थिए।

आश्विनको अन्तिम सातादेखि कार्तिकको अन्त्यसम्म नेपालमा कोरोना संक्रमण अत्यधिक बढेको थियो जुन दैनिक औसतमा करिब २५०० जति थियो। त्यस्तै मृत्यु सबैभन्दा धेरै कार्तिक १९ गते एकै दिन ३० पुगेको थियो। कार्तिकको दोस्रो हप्ता देखि मंसिरको मध्यसम्म दैनिक औसतमा करिब २५ जनाको मृत्यु हुने गरेको थियो। हाल आएर दैनिक मृत्यु कुनै कुनै दिन सुन्ना भएको विगत केही समयदेखि  देखिँदै आए पनि यो निरन्तर सुन्ना हुन सकेको छैन।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार पछिल्लो समयमा संक्रमण दर (पोजिटिभिटी) सबैभन्दा अधिक भएका दश देशहरु  निम्नानुसार देखिन्छन्।

मेक्सिको ३५ .७८ % इक्वाडोर ३२ .१३ % परागुए ३० .३७ % अल्बानिया २७ .८५ %, सर्बिया २३ .२१ %,कोस्टा  रिका   २० .८५ %, मोजाम्बिक २० .८४ %, दक्षिण   सुडान १९ .८६ %, इन्डोनेसिया १९ .०५ %र पोल्याण्ड १८ .५७ %।

विश्वका सबैभन्दा उच्च पोजिटिभिटी भएका दस देशहरुको सूचीमा प्राय पुरानै देशहरु पर्ने गरेका छन् केही नयाँ बाहेक। मेक्सिको धरै लामो समयसम्म पोजिटिभिटी सबै भन्दा उच्च भएको देश मा पर्दछ भने अन्य देशहरु त्यस सूचीमा केही तल माथि पर्ने गरेका छन् । गतहप्ता सबैभन्दा उच्च पोजिटिभिटी मेक्सिकोको ४९.८२% थियो भने दश देशमा सबैभन्दा न्यून पोजिटिभिटी अर्जेन्टिनाको १८.९७ % थियो। विश्वकै सबै भन्दा न्यून पोजिटिभिटी भएका देश हरुमा न्युजिल्यान्ड , भुटान , अस्ट्रेलिया , सिंगापुर , स्वीडेन आदि पर्दछन् ।

त्यस्तै दक्षिण एसियाली र अन्य देशहरुको संक्रमण दर निम्नानुसार देखिन्छ, अमेरिका ४.५८%,जापान २.४२%, बेलायत १.४५%,श्रीलंका ३.९१%,माल्दिभ्स ३.३४%,पाकिस्तान ३.३३%, नेपाल ३.०१%,अफगानिस्तान २.०%, बंगलादेश २.७७%, भरात १.७%,र भुटान ०.०१%। दुई हप्ता अगाडि दक्षिण एसियामा  सबैभन्दा उच्च पोजिटिभिटी श्रीलंकाको ४.९२% थियो भने सबैभन्दा  न्यून पोजिटिभिटी भुटान को०.०१% थियो।

माथिका तथ्यांकहरुबाट के देखिन्छ भने पछिल्लो समयमा दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था नियन्त्रितका साथै स्थिर देखिएको छ भने नेपालको प्यान्डेमिक अवस्था पनि गत करिब ५ महिना देखि क्रमिक रुपमा घट्दै आएको छ। यो निकै खुशीको कुरा हो । दक्षिण एसियामा पछिल्लो समयमा अन्य देश हरुको दाँजोमा भारतमा संक्रमण केही बढेको देखिन्छ।

समग्रमा गत हप्ताकोआंकडा हेर्दा नेपालमा प्यान्डेमिकओरालो लाग्ने क्रम जारी छ। हरेक हप्ता जम्मा संक्रमितको संख्या क्रमैसँग घट्दै गएको छ । तर कोभिड संक्रमित घट्दै जानुको एक प्रमुख कारण कम परीक्षण गर्नु पनि हो। परीक्षण कम गर्दा प्यान्डेमिक लुकेर बस्ने  सम्भावना भने पक्कै पनि हुन्छ। प्रयाप्त परीक्षण गर्दागर्दै दैनिक नयाँ संक्रमित र नयाँ मृत्यु घट्दै गएमा त्यसले सहि मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ। त्यसको ज्वलन्त उदाहरण भुटान हो ।

यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक र जानकारी अनुसार नेपालमा गतहप्ताको पछिल्लो समयसम्म २७४०५६ जना मानिसलाई कोरोना संक्रमण भइसकेको छ जसमा समग्रमा करिब ३५% महिला र ६५%पुरुष छन्। पछिल्लो समयमा संक्रमितहरु मध्ये करिब ४३%  महिला र ५७% पुरुष छन्। त्यस्तै नेपालमा हालसम्म २७७३ जनाले यसै संक्रमणका कारण ज्यान गुमाईसकेका छन् जसमा करीब ३०% महिला र ७०% पुरुष छन्। नेपालमा हाल जम्मा संक्रमित मध्ये  ९८.६४% संक्रमण मुक्त भइसके भने १.०१% को यसै संक्रमणका कारण मृत्यु र ०.३५% मा सक्रिय संक्रमण बाँकी छ।

स्मरण रहोस् नेपाल सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या अद्यावधि गर्ने क्रममा गत फाल्गुन १२ गते बुधबारका दिन कोभिड-१९ महामारीको व्यवस्थापन गरिरहेका निकाय हरुको तथ्यांकको आधारमा भनेर मृत्यु हुने को संख्या ६१९ जना थपेको थियो जसले गर्दा पछिल्लो समयमा नेपालको कोरोना मृत्युदर ०.७५% बाट बढेर हाल  १.०१% पुगेको छ।

हालसम्म नेपालमा २१३६३०९जनाको PCR परीक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी (Cumulative positivity) १२.९%जति देखिएको छ।

जे होस्, दक्षिण एसियाका अन्य देशहरुमा जस्तै %E

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्