योगी नरहरिनाथको १ सय ७ औँ जन्मजयन्तीमा मृगस्थलीमा कार्यक्रम

काठमाडौँ- योगी नरहरीनाथको एक सय ७ औँ जन्मजयन्तीका अवसरमा मृगस्थली क्षेत्रमा सोमबार विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ।

 

नरहरीनाथको समाधि परिसर रहेको गौरक्षनाथ पिठ क्षेत्रमा कार्यक्रमहरुको आयोजना गरिएको हो।

 

श्रीबृहदाध्यात्मिकपरिषद्ले  आयोजना गरेको कार्यक्रममा साधुसन्तलगायतको उपस्थिति रहेको थियो। योगी नरहरीनाथको २०५९ साल साउनमा निधन भएको थियो।

वि‍सं २०७१ साल फागुन १७ गते कालिकोटमा जन्मिएका योगी नरहरिनाथ वि‍सं २००४ कात्तिक २० गतेदेखि स्थायी रूपमा मृगस्थलीमा बस्न थालेका थिए ।

त्यस वर्ष  उनलाई २००४ पुस ४ गतेदेखि गोरखनाथ मठको पीर महन्तको रूपमा नियुक्त गरिएको थियो ।

 

तस्बिरहरु : आर . के थापा

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्