कीर्तिपुर पाङ्गा दोबाटोमा सानिमा बैंकको नयाँ शाखा

काठमाडौँ-सानिमा बैंक लिमिटेडले कीर्तिपुरस्थिति पाङ्गा दोबाटोमा नयाँ शाखा संचालनमा ल्याएको छ।

सोमबार उक्त बैंकले विज्ञप्ति जारी गर्दै उक्त कार्यालयको उद्घाटन बैंकका ब्राण्ड प्रवद्र्धक तथा वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोड)ले गरेको जानकारी दिएको हो।

उक्त कार्यक्रममा मह जोडीले बैंकको कार्यालय सञ्चालनमा आएको बैंकलाई बधाइ ज्ञापन गर्दै सबल तथा विश्वासनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिएका हुन्।

बैंकले सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटिएम सञ्चालनमा रहेका छन्।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्