पर्सा-बाराको कलैया उप-महानगरपालिकालाई फ्री वाईफाई जोन घोषणा गरिएको छ।

जिल्लाको सदरमुकाम समेत रहेको कलैयामा सोमबार एक कार्यक्रमकाबीच मेयर राजेश राय यादवले फ्रि वाई फाई जोनको घोषणा गरेका हुन।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले आफनो चुनावी घोषणा पत्रमा भने झै जिल्ला सदरमुकाम कलैयालाई फ्री वाईफाई जोन बनाएको जानकारी दिए। उनले अहिलेको प्रबिधिको युगमा नभइ नहुने ईन्टरनेट सेवा सबैलाई सहज होस भनेर कलैयाको विभिन्न स्थानमा फ्री वाईफाई सेवा जडान गरिएको बताए।

जिल्ला बासी तथा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देश विदेशका सूचना समाचारका साथै उप महानगरपालिकाको मोबाइल एप्स, वेबसाईट बाट प्रवाह गरिने अनलाईन सेवा, नगरपालिकाको सूचना तथा जानकारीहरुमा छिटो छरितो तथा सजिलै पहुच हुने उदेश्यका साथ फ्रि वाई फाई जडान गरिएको मेयर यादवको भनाइ छ।

उनले अहिले कलैयाका बिभिन्न १२ स्थानमा फ्रि वाईफाई सेवा सुचारु गरिएको बताउदै आवशयकता भएका स्थानमा अगामी दिनमा समेत बिस्तार गर्दै लैजाने बताए।उप-महानगरपालिकाका सूचना प्रबिधि अधिकृत सुरेश यादवले ईन्टरनेट सेवा हरेक ब्यक्तिले प्रति दिन ९० मिनेट मात्रै प्रयोग गर्न पाउने बताउदै यसले अनावश्यक रुपमा ईनटरनेटको प्रयोग रोकिने बताए।

बढी समय इन्टरनेट सेवा प्रबाह गर्दा धेरै युवाले काम काज छोडेर दिनभरी यसको प्रयोग गर्न थाल्ने सम्भावनालाई मध्यनजर गरि यस्तो गर्न लागिएको द एसिया फाउन्डेसनका बरिष्ठ फिल्ड सँयोजक नजबुल्लाह अन्सारीले बताए।

उपमहानगरपालिका भित्र अहिले उपमहानगरपालिकाको कार्यालय, भरत चौक,कलैया बजार,जिल्ला प्रशासन कार्यालय ,कलैया अस्पताल,जिल्ला अदालत,मालपोत कार्यालय, बस पार्क,राम जानकी मन्दिर, दर्गा मन्दिर,बरेवा चोक, देवकोटा चौक, दुर्गा स्कुल वरेवा र मटिअर्वा भन्सार नाका गरि १२ स्थानमा फ्रि वाई फाई सेवा सुचारु गरिएको छ।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्