खाल्डोमा जमेको पानीमा डुबेर चार बर्षीय बालकको मृत्यु

सांकेतिक तस्बिर

पर्सा-बाराको निजगढ नगरपालिकामा पानी जमेको खाल्डोमा डुबेर ४ बर्षीय एक बालकको मृत्यु भएको छ

निजगढ नगरपालिका वडा नम्बर ८ ठाडोलाइन निवासी सरोजकुमार लामाका चार वर्षीय छोरा अदबिक लामाको डुबेर ज्यान खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए।

खेल्ने क्रममा ती बालक धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर गम्भीर घाइते भएका थिए।

बालकको उद्धार गरि उपचारको लागि निजगढकै नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै ज्यान गएको यादवले बताए।

बालकको मृत्यु बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्