प्रधानसेनापति थापाले कोभिड-१९ विरुद्धको खोप लगाए

काठमाडौँ- प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।

काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पतालमा प्रधानसेनापति थापाले सोमबार कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज लिएका हुन्।

नेपालमा दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुने भएको छ।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्