आसन्न क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर-११ बाट खेल्ने यी हुन् खेलाडी

टीयु क्रिकेट मैदान। फाइल तस्विर

काठमाडौँ- काठमाडौँ मेयर कप क्रिकेटमा काठमाडौँ मेयर-११ बाट खेल्ने खेलाडीको टुंगो लागेको छ। प्रतियोगिताका लागि १५ सदस्यीय टोलीको घोषणा गरिएको छ।

टोलीमा सिद्धान्त लोहनी, विवेक यादब, अर्जुन कुमाल, सौरभ खनाल, विक्रम भुसाल, अनुज चुनारा, रविन्द्रजङ शाही, नारायण जोशी रहेका छन्। यसैगरि हरिशंकर शाह, विपिन खत्री, कृष्ण कार्की, अनिल खरेल, सन्दीप रजाली, विपिन रावल र खड्गबहादुर बोहरा पनि टोलीमा छन्।

हालसालै सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा सेमिफाइनल पुगेका चार टोली र काठमाडौँ मेयर-११ ले यो प्रतियोगिता खेल्नेछन्। काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगिता फागुन २२ देखि कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदै छ।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्