सूर्य हामीले पाइ नै सक्यो, अब भोट माग्न मात्र बाँकी छ- प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिसभाको विघटन मुद्दामा सर्वोच्च अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिएको बताएका छन्।

सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सर्वोच्चको फैसलापछि पनि ओली समूहका नेताहरुले हामी झन् बलियो भयौं भन्न थालेको छ। यो के अचम्म हो ? पाहा पछारिए झैं पछारिने, अनि जित्यौं रे।’

अबको केही दिनमा निर्वाचन आयोगले पनि आफूहरुकै पक्षमा निर्णय गर्ने उनले दाबी गरे गरे। उनले भने, ‘‘मैले त्यत्तिकै भनेको होइन, बुझेर भन्दैछु। केही समयभित्र निर्वाचन आयोगले आधिकारिक बहुमतकै हुन्छ, सूर्य चिन्ह हाम्रै हुन्छ भनेर फैसला गर्छ। अब हामीले भोट माग्न मात्र बाँकी हो। त्यसमा शंका गर्नु पर्दैन।’

यस्तै उनले सर्वोच्‍चको फैसललाई लत्याउँदै ओलीले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर आफ्नो सत्ता लब्याउन खोजेको उनको आरोप लगाए। उनले भने, ‘जबसम्म केपी ओली पुरै पराजित हुँदैनन्, तबसम्म उनले गडबड गर्न छोड्दैनन् र प्रतिक्रियावादी पात्रको रुपमा उभिरहन्छ।’

ओलीमा नैतिकताको खडेरी एक रौँ पनि बाँकी नरहेको भन्‍दै उनले अझै पनि भ्रमको खेती गरिरहेको आरोप लगाए।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्