मोटरसाइकलले ठक्कर दिदा विद्यार्थीको मृत्यु

दाङ-सोमवार दाङमा मोटरसाइकलको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ।

विद्यालयको पढाई सकेर घर फर्किने क्रममा रा ४ प ७७४ नम्बरको मोटराईकलले ठक्कर दिदा घोराही उपमहानगरपालिका वडा नम्बर १७ सिस्ने खोला निवासी १५ बर्षीया अमृता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिन्दू विद्यापीठ नेपाल घोराही कक्षा ८ मा अध्ययन छात्रालाई मोटरसाईकलले ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो।

घोराही उपमहानगरपालिका–२ कालिमाटी निबासी २२ बर्षिय खगराज गिरीले चलाएको मोटरसाईकलले नवलपुरमा छात्रालाई ठक्कर दिएको हो।

ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्