नीलगाईको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

चितवन-माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट सोमबार एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २:४० बजे नीलगाईले आक्रमण गरेको थियो।

फाल्गुन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्