बचतको बानी बसाल्ने नबिल बैंकको भिडियो

काठमाडौँ–नबिल बैंकले बचतको बानी बसाल्ने भिडियो ल्याएको छ।

बैंकले सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताको बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि एउटा भिडियो ल्याएको हो।

उक्त भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो।

नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हुँदै अहिलेको दिनसम्म आई पुग्दा बैंकको विभिन्न खातामा पुगिसकेको छ ।

एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडियो मार्फत् देखाइएको छ ।

बैंकले बितेका दिनहरुमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरेको छ। बैंकको ३६ वर्षको यात्रामा बैंकले लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको बैंकले जनाएको छ ।

बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु सगै अघि बढ्ने विश्वास राखेको छ ।

फाल्गुन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्